देशभर कोरोनाका सक्रिय संक्रमित ३.८२ प्रतिशत मात्रै
काठमाडौं : देशभर कोरोना भाइरसका सक्रिय संक्रमित ३.८२ प्रतिशत मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ८५ छ।
देशभर कोरोना संक्रमित (आरटी पिसिआर विधिबाट)को संख्या ६ लाख ६७ हजार १ सय ९ जना रहेकोमा ६ लाख ३२ हजार ७४ कोरोना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमित संख्याको ९४.७ प्रतिशत हो।
यस्तै, कोरोना संक्रमणका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ। यो कुल संक्रमित संख्याको १.४३ प्रतिशत हो।
साउन ३, २०७८ आइतबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।