प्रचण्डले भने : हामी यहाँ ज्युँदै छौँ, अब ढाँट चल्दैन
काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता प्रदीप ज्ञवालीले झुट बोलेको भन्दै प्रतिनिधि सभाको बैठकमा भने' अब ढाँट चल्दैन।'
दुई तिहाइ भएको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गरेर राजनीतिक दुर्घटना निम्त्याएको पहिलो पटक भएको दाबी गर्दै' भिन्न मतलाई स्विकार्ने आँट कोसँग छ भन्ने नैतिकताको प्रश्न संस्कारको प्रश्न उठेको बताए।
उनले पुनर्स्थापित संसद्को बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकोमा कटाक्ष गर्दै भने' ओली आउनुहुन्छ नि भनेर प्रमुख सचेतकलाई सोधेको थिए। आउनुहुन्छ भन्नुभयो। पहिलो संसद्को बैठकमा पूर्व प्रम र विपक्षी दलको नेताको हैसियतमा उनकै मुखबाट सुन्न चाहेका थियौँ। रोष्टमबाट के भन्नुहुन्छ भन्ने सुन्न चाहेको थियौ। बिरामी भएर हो कि के भएर हो थाहा छैन। अब यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक हो?'
उनले ज्ञवालीको सम्बोधनप्रति लक्षित गर्दै भने' तर्क धेरै गर्न सकिन्छ। तर धेरै तर्कलाई एकै प्रमाणले खण्डन गर्न सक्छ। हामी त्यही पार्टीमा नरहेको भए त। ओलीको अहंकारको जाँतोमा नपिएको भए त हो कि भन्न हुन्थ्यो।'
उनले ओलीले गरेका सबै बदमासीको ढाकछोप नगर्न आग्रह गर्दै भने' भन्ने एउटा, गर्ने अर्को । यहाँ हामी ज्युँदै छौ र यही उपस्थित छौँ। अब ढाँट चल्दैन।'
साउन ३, २०७८ आइतबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।