पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सकियो, अर्काे बैठक केही बेरमै बस्ने 

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सकियो, अर्काे बैठक केही बेरमै बस्ने 

काठमाडौं : पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सकिएको छ।

आजको बैठकमा, ‘शपथसम्बन्धी अध्यादेश २०७८’, ‘रेल्वे अध्यादेश २०७८’लगायत पेस गरिएको थियो। अध्यादेश पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले शाेक प्रस्ताव पेस गरेका थिए। त्यसपछि उक्त प्रस्ताव पारित भएकाे थियाे।  

शाेक प्रस्ताव पारित भएपछि सभामुख सापकाेटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। 

प्रतिनिधि सभाको अर्काे बैठक आजै केही बेरपछि बस्ने छ। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

सर्वाेच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसलासँगै साउन ३ गते बैठक बोलाउन परमादेश दिएको थियो। 

गत जेठ ७ गते मध्यराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्। त्यसविरुद्ध १ सय ४६ जना सांसदले सर्वाेच्चमा रिट दायर गरेका थिए। 

साउन ३, २०७८ आइतबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।