ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश देउवा सरकारले पेस गर्‍यो

ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश देउवा सरकारले पेस गर्‍यो

काठमाडौँ :  प्रतिनिधि सभाको पहिलो बैठकमा सरकारले  एमाले अध्यक्ष केपी शर्मा ‌ओली नेतृत्वको सरकारले जारी गरेका अध्यादेशहरू पेस गरेको छ।

संसद् नभएको बेलामा जारी भएका अध्यादेशहरू संसद्को पहिलो बैठकमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार गृहमन्त्री बालकृष्ण खाँड, कानुन मन्त्री ज्ञानेन्द्र कार्की, अर्थमन्त्री जनार्दन शर्मा लगायतका मन्त्रीले अध्यादेशहरू पेस गरेका थिए।

नेपाल प्रहरी र सङ्घीय प्रहरी नियमन, नागरिकता, कोरोना नियन्त्रण, तेजाब तथा अन्य घातक पदार्थ नियमन, बेपत्ता आयोग, यौन हिंसा विरुद्धका केही कानुन संशोधन गर्ने अध्यादेश ,सत्य तथा निरूपण, आयकर, मूल्य अभिवृद्धि कर लगायतका लगायतका अध्यादेशहरु प्रतिनिधि सभाको पहिलो बैठकमा पेस भएको हो।

साउन ३, २०७८ आइतबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।