राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा उक्त अध्यादेश खारेज गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ। 

साउन ३, २०७८ आइतबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।