ओली सरकारका एकपछि अर्को निर्णय उल्टाउँदै सरकार, संवैधानिक परिषद् अध्यादेश खारेज

ओली सरकारका एकपछि अर्को निर्णय उल्टाउँदै सरकार, संवैधानिक परिषद् अध्यादेश खारेज

काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वले गरेका एकपछि अर्को निर्णय खारेज हुन थालेका छन्।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त ९ जना राजदूत खारेजको निर्णयसँगै आफू अनुकूल संवैधानिक परिषद्मा खारेजीका लागि ल्याएको अध्यादेश समेत खारेज भएको छ।

सरकारले अध्यादेश खारेजीको निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। 

सरकारले साउन २ मा गरेको सिफारिस अनुसार अध्यादेश खारेज भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले आफ्नो निर्णयमा साथ नदिने भएपछि ओली नेतृत्वको सरकारले परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस गरेको थियो।

राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको साथ लिएर ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायतमा गरेको सिफारिस अनुसार संसदीय सुनुवाइ नै नभई पदाधिकारीहरू नियुक्त भइसकेका छन्।

साउन ३, २०७८ आइतबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।