राजनीतिक आधारमा राजदूत भएका फिर्ता हुँदै

राजनीतिक आधारमा राजदूत भएका फिर्ता हुँदै

काठमाडौँ : सरकारले केपी ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा नौ देशमा नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। राजदूत सिफारिस भएका परराष्ट्रका दुई जना भने यथावत् रहनेछन्।

शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, श्रीलङ्का, म्यानमार, ब्राजिल, डेनमार्क, साउदी अरेबिया र रसियाका लागि नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

परराष्ट्र सेवाबाट सहसचिव निर्मल राज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत भएका थिए।

ओली नेतृत्वको सरकारले विराटनगर नगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेललाई श्रीलङ्का, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, वामपन्थी नेता पद्म रत्न तुलाधरकी छोरी सुम्निमा तुलाधर अस्ट्रेलियामा राजदूत नियुक्त भएका थिए।

रुसका लागि जङ्गबहादुर (जंगब) चौहान, नारायणप्रसाद सङ्ग्रौला म्यानमार, पूर्व मन्त्री युवराज कार्की बहराइन, ब्राजिलका लागि कुलप्रसाद नेपाल र डेनमार्कका लागि सुमित्रा सुवेदी र मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा नियुक्त भएका थिए।

साउन ३, २०७८ आइतबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।