देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ : माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।  सिंहदरबारमा बसेको माओवादी पार्टीको संसदीय दलको बैठकले एकमत भएर विश्वासको मत दिने निर्णय गरेको हो।

माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले देउवाको पक्षमा एकमतले विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए।

देउवाले अकस्मात् विश्वासको मत लिने निर्णय  गरेपछि संसद्को दोस्रो बैठकको कार्यसूची तय भइसकेको छ। एमाले माधव नेपाल पक्षले पनि आफ्ना सांसदहरुलाई पक्षमा मतदान गर्न आग्रह गरिसकेको छ। जनता समाजवादी पार्टीको बैठक बस्दै छ।

साउन ३, २०७८ आइतबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।