क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै तीन नेताले थाले कांग्रेस पार्टी कार्यालयमा अनसन
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवसहित तीन जनाले पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन्।
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै नेतात्रय डा. यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार बिहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।
धनुषाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँधली भएको उनीहरूको दाबी छ। यसबारे जिल्ला छानबिन समितिले सर्वसम्मतरूपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने उनीहरूकाे माग छ।
साउन ३, २०७८ आइतबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।