झलनाथको हस्ताक्षर नभएको अपिल : देउवाको पक्षमा मत दिन आग्रह

झलनाथको हस्ताक्षर नभएको अपिल : देउवाको पक्षमा मत दिन आग्रह

काठमाडौँ : उपचारका लागि भारत गएकै दिन एमाले एकताबारे आएको विज्ञप्तिले एमाले नेता झलनाथ खनाल एमालेको कुन समूहमा छन् भन्ने अन्योल बढाएको थियो। त्यसयता उनको नाममा कुनै विज्ञप्ति या अपिल सार्वजनिक भएन।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेको दिन खनालको नाममा नयाँ अपिल आएको छ। प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिन अपिल गरिएको पत्रमा उनको हस्ताक्षर भने छैन।

उनको नाममा जारी भएको अपिलमा आफ्नो मत देउवा सरकारकै पक्षमा हुने उल्लेख गरेका छन्।

सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र ३० दिनभित्र विश्वासको मत प्राप्त नगरे मुलुक स्थिति फेरी सङ्कटग्रस्त हुने उल्लेख गर्दै अपिलमा भनिएको छ' त्यसैले म नेकपा (एमाले)का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरूलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभई कन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु।’

खनालले अहिले भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा उपचार गराइरहेका छन्। 

साउन ३, २०७८ आइतबार १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।