एमाले स्थायी कमिटी बैठक सुरु, नेपाल पक्षका नेता सहभागी भएनन्
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो।
बैठकमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता सहभागी नभएको एक नेताले जानकारी दिए।
पार्टी सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भोलि बस्ने केन्द्रीय कमिटीको बैठकको तयारीलगायत विषयमा छलफल हुने छ।
यसअघि शुक्रबार एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो। स्थायी कमिटीले एमाले प्रतिपक्षमा बस्ने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो।
साउन ३, २०७८ आइतबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।