विश्वासको मत लिन प्रतिनिधिसभाको दोस्रो बैठक आजै बस्ने  

विश्वासको मत लिन प्रतिनिधिसभाको दोस्रो बैठक आजै बस्ने  

काठमाडौं : प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

कार्य व्यवस्था समितिको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत लिने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरेको सभामुख अग्नि सापकोटाले जानकारी दिए। 

प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। पहिलो बैठकमा सरकारले ल्याएका अध्यादेश पेस गर्ने कार्यसूची तय भएको सभामुख सापकोटाले बताए। 

पहिलो बैठक स्थगित हुने र केहीबेरमा बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस हुने उनले जानकारी दिए। त्यसका लागि सङ्घीय संसद् सचिवालयलाई तयारी गर्न सभामुखले निर्देशन दिएका छन्।   

साउन ३, २०७८ आइतबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।