संघीय संसद अघि कांग्रेस र माओवादी संसदीय दलका बैठक बस्दै
काठमाडौं : संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुनु अगाडि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।
कांग्रेसको दिउँसो २ बजे नयाँ बानेश्वरमा र माओवादी केन्द्रको बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।
संघीय संसदमा दुवै दलले आ आफ्ना सांसदको भूमिकाबारे छलफल गर्न लागेको जनाएका छन्।
कांग्रेस बैठकमा प्रतिपक्षबाट सत्तापक्ष भएपछि सांसदहरूको भूमिकाबारे छलफल हुने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन।
खास विषयमा भन्दा पनि आजको बैठकमा सामान्य छलफल हुने सचेतक भुसालले बताइन।
साउन ३, २०७८ आइतबार १०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।