गैरआवासीय नेपाली संघको चुनाव अनलाइन प्रणालीबाट हुने  

गैरआवासीय नेपाली संघको चुनाव अनलाइन प्रणालीबाट हुने  

काठमाडौं : गैरआवासीय नेपाली संघको ग्लोबल सम्मेलन अक्टोबर २३ देखि २५ सम्म हुने भएको छ।

एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारण सभा अक्टोबर २३ देखि २५ मा गर्ने निर्णय अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेको संघले जनाएको छ।

संघका अनुसार त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिनेछ।

बैठकले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरूको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको छ।

निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क शून्य कायम गरिएको संघले जनाएको छ।

उम्मेदवार मनोनयन शुल्क भने सन् २०१९ को निर्वाचनमा तोकिएकै कायम गर्ने निर्णय भएको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन्। 

साउन ३, २०७८ आइतबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।