क्रियाशील सदस्यता छानबिन समिति सदस्यमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको निर्देशन
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
आज बसेको पार्टी पदाधिकारी बैठकमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत पार्टी पदाधिकारीको सहभागितामा भएको छलफल र परामर्शपछि क्रियाशील सदस्यता छानबिन समितिको निर्णयको विषयलाई लिएर घिमिरेमाथि भएको आक्रमण गर्नेलाई कारबाहीको निर्देशन दिइएको हो।
आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई पार्टी विधानबमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापति देउवाले निर्देशन दिएको मुख्य सचिव पौडेलले जानकारी दिए।
साउन २, २०७८ शनिबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।