महान्यायाधिवक्ता खातीले गरे कांग्रेस निर्वाचन समिति सदस्यबाट राजीनामा

महान्यायाधिवक्ता खातीले गरे कांग्रेस निर्वाचन समिति सदस्यबाट राजीनामा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट राजीनामा गरेका छन्।

महान्यायाधिवक्तामा नियुक्त भएपछि उनले कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यबाट राजीनामा दिएका हुन्। 

पार्टी सभापति शेरबहादुर देउवाले आज खातीको राजीनामा स्वीकृत गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति गरेकी थिइन्। उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हालेका थिए।

साउन २, २०७८ शनिबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।