थप १८७५ जनामा कोरोना संक्रमण, २१ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ३ सय १० र एन्टिजेन विधिबाट ५ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ६ हजार ८ सय ५८ र एन्टिजेन विधिबाट ३ हजार २ सय ८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ६५ हजार ८ सय ८६ र एन्टिजेन विधिबाट ४८ हजार ३ सय ६२ जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप २१ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना संक्रमण निको हुने दर ९४.७ प्रतिशत छ।
साउन २, २०७८ शनिबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।