एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
बैठक सोमबार बिहान ११ बजे बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बैठक बस्दै छ।
बैठकमा पार्टी एकताका लागि विवाद समाधान कार्यदलले पेस गरेको १० बुँदे प्रस्ताव, विधान महाधिवेशनलगायत विषयमा छलफल हुने उनले बताए।
एमालेले आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठकसमेत बाेलाएकाे छ।
साउन २, २०७८ शनिबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।