कांग्रेस सभापति देउवाले बोलाए पार्टी पदाधिकारीको आकस्मिक बैठक
बैठकमा पूर्वपदाधिकारी पनि सहभागी हुने बताइएको छ।
आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने एक नेताले जानकारी दिए।
कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा कुटपिट भएको हो। समितिले गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा आवासीयरूपमा काम गरिरहेको छ।
साउन २, २०७८ शनिबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।