ओलीलाई भेटेका जसपाको महन्थ पक्षले भन्यो -राजनीतिक कुरा भएन
सर्वोच्च अदालतको फैसलापछि दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक बस्ने अघिल्लो दिन जसपाका अध्यक्ष महन्थ सहितका नेताहरू ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्।
प्रतिनिधिसभा बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ।
अध्यक्ष ओलीसँगको भेटमा कुनै राजनीतिक विषयमा कुराकानी नभएको जसपाका नेता शरदसिंह भण्डारीले बताए। निवर्तमान प्रधानमन्त्रीको स्वास्थ्य अवस्था के छ कसो छ भनेर कुराकानी भएको भण्डारीले बताए।
जवाफमा ओलीले आफू अहिले आराम गरेर बसेको बताएका उनले बताए। ‘निवर्तमान प्रधानमन्त्रीसँग भलाकुसारी गर्न हामी गएका हौँ, कुनै राजनीतिक विषयमा कुरा भएन,’ भण्डारीले उकेरासँग भने, 'हामीले अनुहार हेरे पनि राजनीतिक कुरा भएको हल्ला हुँदो रैछ।’
एमाले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै जसपाका नेता भण्डारीले भने,‘अहिले आराम गरिरहेको छु, रिल्याक्स महसुस भएको छ।’
साउन २, २०७८ शनिबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।