ओलीले बैठक रोक्न मानेनन्, नेपाल पक्ष रिसाएर फर्कियो
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक सार्न अस्वीकार गरेका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शीर्ष तहमा सहमति गरेर मात्रै बैठक राख्न गरेको आग्रह अध्यक्ष ओलीले अस्वीकार गरेका हुन्।
एमाले विवाद समाधान कार्यदलमा भएको सहमतिलाई अनुमोदन गर्न भन्दै बसेको बैठकमा उपाध्यक्ष भीम रावलले बैठक स्थगित गर्न आग्रह गरेको बताए।
बैठक छोडेर बाहिरिएका उपाध्यक्ष रावलले कार्यदलमा भएको सहमति अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बसेर पार्टी एकतालाई बलियो बनाउनु पर्ने माग गरेको जानकारी दिए।
‘अध्यक्ष ओलीले बैठकका एजेन्डा अगाडि बढाउन भन्नुभयो,’रावलले भने,‘बैठक जारी राखेपछि हामीहरू हिँड्यौ।’ बैठक रोकेर पार्टी एकताको पहल गर्न गरेको आग्रह ओलीले अस्वीकार गरेको रावलले बताए।
विवाद समाधान कार्यदलका सदस्यहरू स्थायी कमिटीको बैठक स्थलमै पुगेका थिए।
साउन १, २०७८ शुक्रबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।