पदाधिकारी नियुक्तिपछि लोक सेवाको नियमित कार्यतालिका सार्वजनिक 

पदाधिकारी नियुक्तिपछि लोक सेवाको नियमित कार्यतालिका सार्वजनिक 

काठमाडौँ : लोक सेवा आयोगले पदाधिकारी नियुक्तिपछि आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले आर्थिक वर्ष २०७८/७९ को लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका कार्यतालिका सार्वजनिक गरेको हो। 

कार्यतालिकामा आयोग आफैले सञ्चालन गर्ने परीक्षा तथा सुरक्षा निकाय तथा सङ्गठित संस्थाहरूको परीक्षाका कार्यतालिका समावेश छन्। आयोगमा नयाँ पदाधिकारी नियुक्त भएसँगै आयोगले नियमित समयमा नै नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। 

चैत्र ११ देखि असार असार १० सम्म आयोग पदाधिकारी विहीन हुन पुगेको थियो। यससँगै कार्यतालिका निर्माण लगायतका सम्पूर्ण काम ठप्प बनेका थिए। सार्वजनिक कार्यतालिकामा कोरोना सङ्क्रमण लगायतका अन्य विषम परिस्थिति सिर्जना भएमा कार्यतालिकामा संशोधन र समयावधि फेरबदल हुनसक्ने उल्लेख गरिएको छ। 

आयोगले कोरोना महामारीको समयलाई लक्षित गरी ‘सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७’जारी गरेर परीक्षा सञ्चालनको मापदण्ड तय गरेको छ।

मापदण्ड अनुसार परीक्षाको समयमा उम्मेदवारले आयोगले तोकेको स्वयम घोषणा फाराम भरी आयोगमा पेस गर्नुपर्नेछ। त्यस्तै सुरक्षा निकाय तथा सङ्गठित संस्थाको हकमा सम्बन्धित सुरक्षा निकाय तथा सङ्गठित संस्थाले आयोगलाई विवरण उपलब्ध गराउनुपर्नेछ।

साउन १, २०७८ शुक्रबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।