प्रधानमन्त्री देउवा बालुवाटार सरे 

प्रधानमन्त्री देउवा बालुवाटार सरे 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सरेका छन्।

उनी निजी निवास बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन्। 

बिहान १० बजेर ३ मिनेटमा देउवा बालुवाटार प्रवेश गरे। मंगलबार प्रधानमन्त्रीमा नियुक्त देउवा साइत हेरेर शुक्रबार सरकारी निवासमा प्रवेश गरेका हुन्।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटार छाडेर निजी निवास बालकोट गएका थिए। 

साउन १, २०७८ शुक्रबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।