पूर्व प्रधानमन्त्री भट्टराईसँग विप्लवको भेट 

पूर्व प्रधानमन्त्री भट्टराईसँग विप्लवको भेट 
तस्बिर : विश्वदीप पाण्डेको ट्विटरबाट

काठमाडौँ : जनता समाजवादी पाटीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ।

विप्लव र नेता धर्मेन्द्र बास्तोलाले पूर्व प्रधानमन्त्री भट्टराईको निवासमै गएर भेटवार्ता गरेका हुन्। 

भेटमा केपी ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको भट्टराईको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएसँगै विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। उनले प्रचण्डसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरिसकेका छन्। 

समसामयिक राजनीति र तीन बुँदे सहमतिबारे विप्लवले नेताहरूसँग भेटवार्ता जारी राखेका छन्।

साउन १, २०७८ शुक्रबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।