प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि सरकारी निवास बालुवाटारमा बस्दैछन्।

बिहान ९ बजेर ५७ मिनेटको साइतमा देउवा निजी निवास बुढानीलकण्ठबाट बालुवाटार आउन लागेका हुन्। 

सर्वोच्च अदालतको परमादेशबाट मंगलबार प्रधानमन्त्रीमा नियुक्त काँग्रेस सभापति देउवा बालुवाटार सर्न लागेका काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिदाइ गरेको बालुवाटारले नवनियुक्त प्रधानमन्त्री देउवाको स्वागत गर्दैछ। 

यसैबिच नेपाली काँग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ। पार्टी कार्यालय ललितपुर सानेपामा काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको काँग्रेस कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए।

साउन १, २०७८ शुक्रबार ०९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।