पूर्व प्रधानमन्त्री भट्टराईको टिप्पणी : ओलीको बर्हिगमनपछि सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म 

पूर्व प्रधानमन्त्री भट्टराईको टिप्पणी : ओलीको बर्हिगमनपछि सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म 

काठमाडौं : मध्यरातमा प्रदेश अधिवेशन अन्त्य गर्ने कामलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्ने टिप्पणी गरेका छन्।

उनले केपी शर्मा ओलीको बहिर्गमनपछि सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि हुने उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो।'

बजेट पारित गर्न बहुमत नपुगेपछि सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभा बैठक बहिष्कार गरेर मध्यरातमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। 

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मध्यरातमा बजेट अधिवेशन अन्त्य छन्।

साउन १, २०७८ शुक्रबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।