महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं : महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको हो।

असार ३१, २०७८ बिहीबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।