थप २६७६ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु 

थप २६७६ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु 

काठमाडौं : देशभर थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ७ सय ८२ र एन्टिजेन विधिबाट ८ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ८ हजार २ सय ५६ र एन्टिजेन विधिबाट ४ हजार ५ सय १२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

यससँगै देशभर आरटी पिसिआर विधिबाट कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ भने एन्टिजेन विधिबाट कोरोना संक्रमित हुनेको संख्या ४६ हजार ८ सय ६७ पुगेको छ। 

यस्तै, कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको छ। 

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।

देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत छ।

असार ३१, २०७८ बिहीबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।