कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।
असार ३१, २०७८ बिहीबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।