एमाले नेता नेपाल र विप्लवबिच भेटवार्ता 

एमाले नेता नेपाल र विप्लवबिच भेटवार्ता 
तस्बिर : माधवकुमार नेपालको फेसबुकबाट

नेपालको कोटेश्वरस्थित निवासमा नेपाल र विप्लवबिच भेटवार्ता भएको हो। केपी ओली नेतृत्वको सरकारसँग सहमति गरेको विप्लवसँग भेटवार्ता भएको नेपालले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्। 

सर्वोच्च अदालतको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै विप्लवले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए।

भेटमा सहमति कार्यान्वयनको विषयमा कुराकानी भएको थियो। 

नेपाललाई भेट्न विप्लवसँगै नेता धर्मेन्द्र बास्तोला पुगेका नेपालले जानकारी दिएछन्। उनले भेटमा भएको कुराकानीबारे केही उल्लेख गरेका छैनन्। 

असार ३१, २०७८ बिहीबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।