ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गच्छदारलाई १० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गच्छदारलाई १० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश प्रेमराज कार्की तथा सदस्यहरू एवं न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

त्यसअघि अदालतमा आज भएको थुनछेक बहसमा सरकारी वकिलले बालुवाटारको ललिता निवास जग्गा अनियमिततामा जोडिएका गच्छदारसँग नौ करोड ६५ लाख रकम बिगो मागदाबी गरेका थिए। 

थुनछेक बहसमा सरकारी पक्षका वकिलले गच्छदार जग्गा अनियमिततामा संलग्न रहेको दाबी गर्दै पुर्पक्षका लागि थुनामा पठाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) र दफा १७ अनुसारको कसुरमा ९ करोड ६५ लाख ७६ हजार रकम बिगो मागदाबी गरेको थियो। 

गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्। यसअघि उनलाई अदालतमा उपस्थित हुन सूचना जारी गर्दा पनि उनी हाजिर भएका थिएनन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये केही आरोपित विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटिसकेका छन् भने केही अझै थुनामै छन्। 

असार ३०, २०७८ बुधबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।