थप २९०५ जनामा कोरोना संक्रमण, १८ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार १० र एन्टिजेन विधिबाट ८ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ८ हजार १ सय ८ र एन्टिजेन विधिबाट ४ हजार ९ सय १६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमण निको हुने दर ९४.५ प्रतिशत छ।
असार ३०, २०७८ बुधबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।