गच्छदारसँग नौ करोड ६५ लाख बिगो माग, पुर्पक्षमा पठाउनुपर्ने सरकारी वकिलको दाबी

गच्छदारसँग  नौ करोड ६५ लाख  बिगो माग, पुर्पक्षमा पठाउनुपर्ने सरकारी वकिलको दाबी

बयान र थुनछेकको बहसमा सरकारी पक्षले उनी जग्गा अनियमिततामा संलग्न रहेकाले पुर्पक्षका लागि थुनामा पठाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) र दफा १७ अनुसारको कसुरमा  ९ करोड ६५ लाख ७६ हजार बिगो मागदावी गरेका थिए। 

गच्छदारले बयानको क्रममा १८ वटा प्रश्नको उत्तर दिएका थिए। उनको पक्षमा ४ वरिष्ठ गरी ७ जनाले वकालतका लागि नाम दर्ता गराएका थिए। थुनछेक बहसको आदेश आउन बाँकी छ।

असार ३०, २०७८ बुधबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।