बालुवाटार जग्गा प्रकरण मुद्दामा गच्छदारको बयान चल्दै

बालुवाटार जग्गा प्रकरण मुद्दामा गच्छदारको बयान चल्दै

गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट आज अदालतमा हाजिर भएका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा दायर गरेका पूर्व मन्त्री मध्ये चन्द्रदेव जोशी, छविराज पन्त अदालतमा हाजिर भइसकेका छन्।  

आज अदालतमा हाजिर भएका गच्छदारको अहिले बयान भइरहेको छ। अदालतका अध्यक्ष प्रेमराज कार्कीको इजलासमा गच्छदारले बयान दिइरहेका अदालत स्रोतले बताएको छ।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

असार ३०, २०७८ बुधबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।