निवर्तमान प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोट जाँदै
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको भोलिपल्ट आज ओलीले सरकारी निवास छाड्न लागेका हुन्।
ओली बालुवाटारबाट निजी निवास बालकोट जान लाग्नु भएको एमाले नेता सुभाष नेम्वाङले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा देशवासीका नाममा सम्बोधन गरेका ओलीले जनमतका आधारमा नभई सर्वोच्च अदालतको आदेशमा सरकारबाट बाहिरिनु भएको बताएका थिए।
ओली निजी निवास सर्ने भएकाले आज बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक बस्ने टुङ्गो नभएको नेता नेम्वाङले बताए।
बालुवाटारबाट बाहिरिन लागेका ओलीलाई एमालेको भातृ सङ्गठन युवा संघका कार्यकर्ताले स्कटिङ गर्दैछन्। युवा संघका कार्यकर्ताले बिहान ११ बजे बालुवाटारमा जम्मा भएर ओलीलाई निजी निवाससम्म स्कटिङ गर्दै बालकोटसम्म लाने तयारी गरेका छन्।
असार ३०, २०७८ बुधबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।