पाँच विद्यार्थी संगठनद्वारा भोलिदेखि पेट्रोल पम्प बन्द गर्ने घोषणा

पाँच विद्यार्थी संगठनद्वारा भोलिदेखि पेट्रोल पम्प बन्द गर्ने घोषणा

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र)को अखिल क्रान्तिकारी, नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षको अनेरास्ववियु, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैटौंले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई बुझाएको ध्यानाकर्षण पत्रमा यस्तो उल्लेख गरेका हुन्।  

ध्यानाकर्षणको अवज्ञा गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यावसायी र एसोसियसन नै हुने विद्यार्थी संगठनको चेतावनी छ। 

यस्तै, विद्यार्थी संगठनले जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने मागसमेत गरेका छन्। 

असार २९, २०७८ मंगलबार २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।