विज्ञप्तिको भाषा सच्चिएपछि देउवाले लिए प्रधानमन्त्रीको शपथ

विज्ञप्तिको भाषा सच्चिएपछि देउवाले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ : प्रधानमन्त्री नियुक्तीबारे जारी विज्ञप्तिको भाषा सच्याउन राष्ट्रपति कार्यालय राजी भएपछि शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी अदालतको आदेश उल्लेख नगरी संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त  गर्न राजी भएपछि देउवाले शपथ लिएका हुन्। देउवाले पद तथा गोपनीयताको शपथ लिए। देउवाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले गृहमा बालकृष्ण खाँड, कानुनमा ज्ञानेन्द्र कार्की, अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई पद तथा गोपनीयताको शपथ खुवाए।  

 

असार २९, २०७८ मंगलबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।