देउवासँगै आज चार मन्त्री मात्र नियुक्ति हुने

देउवासँगै आज चार मन्त्री मात्र नियुक्ति हुने

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका छन्। उनले काङ्ग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की तथा  माओवादी केन्द्रबाट जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउन लागेका हुन्।

खाँड गृहमन्त्री बन्दै छन् भने कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दै छन्। शर्मा अर्थ र भुसाल ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री बन्दैछन्।

मन्त्री बन्नेहरूको नाम तय गर्न समय लाग्ने र गठबन्धनका अन्य दल सरकारमा सहभागी हुनेबारे छलफलमै रहेको भन्दै तत्कालका लागि चार जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बतायो। सरकारमा जानेबारे जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले निर्णय गरेका छैनन्। कुन पार्टीलाई कति मन्त्रालय भन्ने समेत टुङ्गो लागेको छैन।

असार २९, २०७८ मंगलबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।