थप २३९८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु 

थप २३९८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु 

काठमाडौं : देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ६ सय ३९ र एन्टिजेन विधिबाट ७ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ५८ र एन्टिजेन विधिबाट ३ हजार ९ सय ५४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप १२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत छ।

असार २९, २०७८ मंगलबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।