जापानद्वारा नेपाललाई १६ लाख मात्रा कोरोना खोप अनुदानमा दिने घोषणा

जापानद्वारा नेपाललाई १६ लाख मात्रा कोरोना खोप अनुदानमा दिने घोषणा

काठमाडौं : जापानले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोपको १६ लाख मात्रा (डोज) अनुदानमा दिने घोषणा गरेको छ। 

जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुले आज (मंगलबार) नेपाललाई कोभिड–१९ एस्ट्राजेनेका खोप अनुदानमा दिने घोषणा गरेको जापानी राजदूतावासले जनाएको छ। उक्त खोपको कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराइने छ।

जापानका राजदूत किकुता युताकाले उक्त घोषणाको स्वागत गरेका छन्। उनले यो खोपले कोरोना संक्रमणका कारण उत्पन्न कठिनाइ कम गर्ने आशा व्यक्त गरेका छन्। 

उक्त खोप सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका पाका उमेरका व्यक्तिलाई दोस्रो मात्राको रुपमा लगाउन सकिने बताइएको छ।

असार २९, २०७८ मंगलबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।