अब बन्ने सरकार सही-सलामत अगाडि बढ्ला भन्नेमा आशंका छ : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकार सही-सलामत ढंगले अगाडि बढ्ला भन्नेमा आशंका रहेको बताएका छन्।
सिंहदरवार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘अहिले राजनीति विपरीत दिशामा लागिरहेको छ,’ उनले भने, ‘संसद् सही-सलामत अगाडि जाला, अब बन्ने सरकार सही-सलामत अगाडि बढ्ला भन्नेमा आशंका छ।’
उनले थपे, ‘यसमा अग्रणी भूमिका खेल्ने पात्र परिचित पात्र हुने छन्। यसबारे देश र जनतालाई थाहा छ।’
सर्वाेच्चले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेशसँगै संसद् विघटन बदर गरेको थियो। यससँगै ओलीकाे पद गुमेकाे छ।
सर्वाेच्चको परमादेशसँगै देउवा आज प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। उनी आजै साँझ ६ बजे शपथ लिँदै छन्।
असार २९, २०७८ मंगलबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।