जसपा तत्काल सरकारमा सहभागी नहुने
पाँच राजनीतिक दलको गठबन्धनमा रहेको जसपा तत्काल सरकारमा नजाने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
पार्टीभित्र अनौपचारिक छलफल भइरहेको बताउँदै अध्यक्ष यादवले औपचारिक बैठक बसेर निर्णय गरेपछि सरकारमा जाने बताए।
‘अहिले सहभागी हुँदैनौ,’अध्यक्ष यादवले भने,‘पार्टीका साथीहरू बाहिर हुनुहुन्छ, आएपछि बैठक बसेर अलिपछि सरकारमा सहभागी हुन्छौँ।’
असार २९, २०७८ मंगलबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।