मन्त्रालय भागबण्डाका विषयमा कांग्रेस र माओवादी केन्द्र छलफल गर्दै

मन्त्रालय भागबण्डाका विषयमा कांग्रेस र माओवादी केन्द्र छलफल गर्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा पार्टीले पाउने संख्याबारे कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो। 

कांग्रेससँग मन्त्रालयको भागबन्डा टुङ्गो लागेपछि मात्रै पार्टीबाट सरकारमा जाने नेताहरूको नामबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ। माओवादीभित्र मन्त्री बन्न तछाड मछाड नभएको एक नेताले दाबी गरे।

स्थायी कमिटीको बैठक सकेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवासँग छलफल गर्न जान लागेका प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

असार २९, २०७८ मंगलबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।