छुटेका पत्रकारले सशस्त्र प्रहरीको अस्पतालमा खोप लगाउँदै
बिहान साढे १० बजेदेखि खोप लगाउन सुरु गर्ने भनिए पनि खोप आइनसकेकाले लगाउने काम सुरु नभएको सशस्त्र प्रहरी अस्पताल बलम्बुले जनाएको छ।
सशस्त्र प्रहरी अस्पतालमा स्वास्थ्य सेवा विभागले गरेको परिपत्र अनुसार ५० देखि ५४ वर्ष उमेर समूह, विश्वविद्यालय, प्राध्यापक, शिक्षक, कर्मचारी, अपाङ्गता भएका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि कोरोनाविरुद्धको खोप लगाइने अस्पतालका खोप प्रमुख डा. आशिष थापाले जानकारी दिए।
अस्पतालमा आजदेखि असार ३१ गतेसम्म खोप लगाइने थापाले बताए। खोप लगाउन पत्रकारको एक लाइन, सशस्त्र प्रहरी कर्मचारीको एक लाइन र सरकारले तोकेका लक्षित समूहको एक लाइन गरी खोप लगाउन तीन वटा छुट्टा छुट्टै लाइन राखिएको उनले बताए।
‘खोप लगाउन बिहानैदेखि लाइनमा बस्नु भएको छ,’उनले भने,‘बिहान ९ बजे खोप लिन टेकु गएको गाडी आइपुगेको छैन।’ अस्पतालमा खोप स्टोरेज गर्ने व्यवस्था नभएकाले बेलुका खोप लगाइसकेपछि बाँकी रहेको खोप टेकुमा फिर्ता जाने र लगाउने समयमा ल्याउने उनले बताए।
असार २९, २०७८ मंगलबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।