सर्वोच्चको फैसला आएकै दिन विपक्षी गठबन्धनमा गडबड, नेपाल समूह बाहिरिने तयारीमा

सर्वोच्चको फैसला आएकै दिन विपक्षी गठबन्धनमा गडबड, नेपाल समूह बाहिरिने तयारीमा

गठबन्धनबाट नेपाल समूह बाहिरिए लगत्तै एक सय ४६ सांसदसहित बहुमत दाबी गरेका शेरबहादुर देउवाले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ।

सर्वोच्चको फैसला आएपछि बसेको विपक्षी गठबन्धनको बैठकमा माधव नेपालले पार्टीमा एकता प्रयास भइरहेकाले आफूहरू गठबन्धनमा नबस्ने सन्देश दिएको एक नेताले बताए। उनले पार्टीमा परिस्थिति बदलिएको र एकता प्रयास अगाडि बढेकाले आफूहरू गठबन्धनमा रहिरहन सम्भव नहुने बताएका थिए।

आफूहरू प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयको विपक्षमा विपक्षी गठबन्धनमा आएको र सर्वोच्चबाट संसद् पुनर्स्थापित भएकाले नैतिक जित भएको धारणा नेपालको रहेको छ। उनले विपक्षी गठबन्धनमा रहँदा पार्टी एकतामा प्रभाव पर्ने धारणा राखेका थिए।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा देउवाले पेस गरेको १४९ मध्ये नेपाल समूहका २३ सांसद छन्। नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिए देउवाले बहुमत पूर्याउन सक्दैनन्। देउवालाई समर्थन गर्ने अर्को जनता समाजवादी पार्टी समेत एक मत छैन।

सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री नियुक्त भए पनि देउवाले एक महिनाभित्रमा संसद्मा बहुमत लिनुपर्नेछ।

असार २८, २०७८ सोमबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।