थप २३७० जनामा कोरोना संक्रमण, ११३३ संक्रमणमुक्त 

थप २३७० जनामा कोरोना संक्रमण, ११३३ संक्रमणमुक्त 

काठमाडौं : देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ६ सय ९० र एन्टिजेन विधिबाट ६ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ६ सय ८९ र एन्टिजेन विधिबाट ३ हजार ८ सय ९५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमण निको हुने दर ९४.५ प्रतिशत छ। 

असार २८, २०७८ सोमबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।