अमेरिकाले नेपाललाई उपहारस्वरूप दियाे १५ लाख ३४ हजार डोज कोरोना खोप
काठमाडौं : संयुक्त राज्य अमेरिकाले नेपाललाई अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोभिड–१९ विरुद्धको १५ लाख ३४ हजार ८ सय ५० मात्रा (डोज) खोप उपलब्ध गराएको छ।
अमेरिकाले नेपाललाई उक्त खोप उपहारस्वरूप हस्तान्तरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान विस्तार हुने पनि जानकारी गराएको छ। खोप सहयोग गरेको प्रति मन्त्रालयले अमेरिकी सरकारलाई धन्यवाद पनि दिएको छ।
मन्त्रालयले कुल जनसंख्याको ८.८ प्रतिशतमा पहिलो मात्रा र ३.५ प्रतिशतमा दोस्रो मात्रा खोप लगाइसकेको पनि जनाएको छ।
मन्त्रालयले गाभी कोभ्याक्सिन फ्यासिलिटी, खोप उत्पादक मुलुक तथा कम्पनी, वितरक लगायतसँग खोप प्राप्ति तथा खरिदका लागि निरन्तर संवाद तथा छलफल हुँदै आएको जनाएको छ।
असार २८, २०७८ सोमबार १६:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।