सर्वाेच्चको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राख्यो : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताएका छन्।
सर्वाेच्चल आज (सोमबार) संसद् विघटन बदर गर्ने फैसला गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वाेच्चले संसद् विघटन बदर गर्ने फैसलासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएको छ।
साथै उनले सर्वाेच्चको फैसलाले आम नेपाली जनताको जित भएको बताए।
पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको बताउँदै उनले अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने बताए।
उनले सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशलाई बधाई दिए। उनले भने, ‘उहाँहरूले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो। यसको लागि उहाँहरू बधाईको पात्र हुनुहुन्छ।’
असार २८, २०७८ सोमबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।