कांग्रेस सभापति देउवाले भने- सर्वाेच्चको फैसला ऐतिहासिक 

कांग्रेस सभापति देउवाले भने- सर्वाेच्चको फैसला ऐतिहासिक 
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन्।

सर्वाेच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशसहित संसद् विघटन बदर गर्ने फैसला गरेपछि यसबारे सञ्चारकर्मीलाई संक्षित प्रतिक्रिया दिँदै देउवाले भने, ‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ।’

सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ। 

असार २८, २०७८ सोमबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।