संविधानमा स्पष्ट धारा ७६ (५) लाई मार्न खोजिएको थियो, अदालतले जोगाइदियो : वरिष्ठ अधिवक्ता थापा
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संविधान विपरीतको कदमलाई सर्वोच्च अदालतले सच्याएको प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतको फैसलापछि उकेरासँग प्रतिक्रिया दिँदै उनले संविधान स्पष्ट हुँदाहुँदै पनि प्रधानमन्त्री र राष्ट्रपतिले आफू अनुकूल प्रयोग गर्न खोजेकाले सर्वोच्चले यसलाई सच्याएको प्रतिक्रिया दिए।
‘संविधान आफैमा स्पष्ट थियो। धारा ७६ (५) को स्पष्ट व्यवस्था थियो। आफैमा स्पष्ट थियो। यसलाई मार्न खोजिएको थियो। सर्वोच्चको फैसलाले जोगाएको छ,’ उनले भने।
वरिष्ठ अधिवक्ता थापाले १४६ सांसदको तर्फबाट परेको रिटको तर्फबाट बहस गरेका थिए।
असार २८, २०७८ सोमबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।